जंगे बैशाख १७ बाट देश तथा बिदेशमा एक साथ


सेलिब्रेटी नेपाल काठमाडौँ
चलचित्र जंगे बैशाख १७ बाट प्रदर्शनमा आउने भएको छ। उत्कल थापाको निर्देशनमा तयार भएको चलचित्र लाइ सुसन प्रजापतिले निर्माण गरेका हुन्। संसारमा हिजो पनि शक्ति र सत्ताको पछाडि थुप्रै युद्धहरु लडिएका छन् र आज पनि लडिदै छन् । जंगे हिजोको राजनितिक अवस्थालाई वर्तमानमा दृष्टिगोचर गर्ने प्रयास हो । जंगे ऐतिहासिक घटनाहरुलाई पृष्ठभूमी बनाएर तयार पारिएको राजनितिक थ्रिलर (पोलिटिकल थ्रिलर) हो । जंगे साहस, दृढता र महत्वकांक्षाको कथा हो ।
Junge-poster
सुसन प्रजापतिको कथा लाइ संवादःसुभाष कोइराला र एम. एस. अग्रज ले लेखेका हुन्। छाँयाकारः सुसन प्रजापति सम्पादनः उज्जवल ढकाल द्वन्दः सम्राट, संगीत अल्मोडा राना उर्पेती,पाश्र्व संगीतः इमान विक्रम शाहको रहेको चलचित्र जंगेमा सुरज सिंह ठकुरी,ऋचा शर्मा अनुप बराल,दीपशिखा शाही,नरेश पौड्याल,शंशांक मैनाली,प्रदिप ढकाल,सुशीलराज पाण्डे,जोयस पाण्डे,केभिन कार्की, दृश्य सुवेदीको मुख्य भूमिका रहेको छ । जंगेको प्रिमियर अष्ट्रेलियामा हुने पक्का पक्कि भएको छ । चलचित्र बैसाख १७ बाट देश तथा बिदेशमा एक साथ प्रदर्शनमा आउने जानकारी निर्माता सुसन प्रजापतिले दिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.