क्रिकेटको कथामा बनेको चलचित्र च्याम्पियन ट्रेलर सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ
क्रिकेटको कथामा बनेको चलचित्र ‘च्याम्पियन’को ट्रेलर सार्वजनिक गरिएको छ । कृष्ण पोखरेलले निर्माण गरेको यो चलचित्रको ट्रेलरलाई क्रिकेट खेलका कप्तान पारस खड्काले सार्वजनिक गरेका हुन् फागुन १४ गतेबाट देशैभर लाग्ने यो चलचित्रमा मञ्जिता केसी, दिक्पाल कार्की ,जेएन घिमिरे, साहिल खान, शारदा आचार्य पोखरेल, समान्ता आचार्य, जगत टमाटा, ज्याक श्रेष्ठ, अक्की शर्मा, रेजिश फुँयाल, रितिक रोशन घिमिरे, रविन्द्र गुप्ता, अल्बिना फुँयाल र अण्डर १९ का राष्ट्रिय क्रिकेट टीमका खेलाडीको अभिनय रहेको छ ।
champion-nepali-movie
नेपालमा पहिलो पटक क्रिकेटको विषयमा तयार पारिएको चलचित्र ‘च्याम्पियन’लाई बीबी फुँयालले निर्देशन हुन् । आरडी मिडिया हाउसको प्रस्तुतिमा बनेको हो भने यसका सहनिर्माता युवराज खत्री रहेका छन् । चलचित्रमा साहिल खानको सम्पादन, पवन गौतमको छायांकन , कविराज गहतराजको कोरियोग्राफी , टंक बुढाथोकीको संगित रहेको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.