साउथ एसियाकै उत्कृस्ट नायिका गरिमाले बिहे गरिन


सेलिब्रेटी नेपाल काठमाडौँ
नायिका गरिमा पन्तले बेल्जियममा रहेका हरि शर्मा थपलियासँग बिहे गरेकी छिन् । लामो समयदेखी प्रेम सम्बन्धमा रहेकी उनि केहि महिनादेखी बेल्जियममा रहेकी थिइन् । गरिमाले बेल्जियममै हरि शर्मासँग बिहे गरेकी हुन् । दुई बर्ष अगाडि सांगीतिक कार्यक्रमका लागि यूरोप पुग्दा गरिमा र हरिको भेट बताइन्छ ।
Garima-panta
बेल्जियममा रेष्टुरेण्ट ब्यबसाय गरिरहेका हरि विवाहित पुरुष हुन् । उनको एक चाइनिज श्रीमति थिइन् तर, हरिको जीवनमा गरिमाको प्रवेशसँगै उनीहरुको दाम्पत्य जीवनमा पनि फाटो आयो । चलचित्र झोला सफल भएपछी उनलाई केही हौशला मिलेको थियो तर त्यसपछिका सबै चलचित्र असफल भएपछि उनि निरास बनेकी थिइन् । चलचित्र झोला बाट उनले साउथ एसियाकै उत्कृस्ट नायिकाको एवार्ड समेत प्राप्त गरेकी छिन् ।