आर्यनको ‘आबेग’ चैत्र १२ मा सिनेमा घरमा


सेलिब्रेटी नेपाल काठमाण्डौ
बसन्त निरौलाको निर्देशनमा बनेको चलचित्र ‘आबेग’ को पुन रिलिज मिति सार्वजनिक गरिएको छ । पटक पटक प्रदर्शन मिति सार्दै आएको चलचित्र ‘आबेग’ अब भने चैत्र १२ बाट देशव्यापी प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले केहि दिनमा कार्यक्रम गर्दै चलचित्रको औपचारिक प्रचार प्रसारको थालनी गर्ने बताएको छ ।
Aabeg_poster
सूर्य कार्कीको प्रस्तुतीमा तयार भएको चलचित्रमा आर्यन सिग्देल, पवित्रा आचार्य, ध्रुव दत्त, अर्चना डेलालाको मुख्य भूमिका रहेको छ । चलचित्रको निर्माण धन सिंह केसी र राजेन्द्र घिमिरेले गरेका हुन् । काठमाडौ आसपास खिचिएको चलचित्रमा संगीत अर्जुन पोखरेल र टंक बुढाथोकीको रहेको छ भने द्वन्द्व अष्ट महर्जनको रहेको छ ।