फुल्ने भयो प्रेम फूल



सेलेब्रिटी नेपाल पौष ५ -खुकुरी, मनै त हो, माटो, एउटा कथा जस्ता थुप्रै नेपाली मौलिक चलचित्र निर्देशन गरिसकेका निर्देशक किसोर सुब्बाको निर्देशनमा लिम्बू कथानक चलचित्र ‘अम्लारी फूङ’ (प्रेम फूल )अम्लारी फूङ बन्ने भयको छ । फिदिमको गणतन्त्र चोकमा लिम्बू कथानक चलचित्र ‘अम्लारी फूङ’ (प्रेम फूल) को बुधबार मध्यान्न शुभ मुहुर्त सम्पन्न भयको छ । पाँचथर बहुमुखि क्याम्पस प्रमुख गणेश भण्डारीले नरिवल फुटाएर चलचित्रको शुभ मुहुर्त गरेका हुन् । लिम्बू कथानक ‘अम्लारी फूङ’ चलचित्रको सम्वाद भने नेपाली नै रहने बताईयको छ ।’अम्लारी फूङ’मा लिम्बू नारीले भोग्नु परेको उतार चढावलाई कथानकको रुपमा प्रस्तुत गरिने निर्देशक सुब्बाले बताए । किसोर सुब्बाको कथा, कुल्बा सुब्बा र प्रेम पन्धाकको सङ्गीत, कमल राईको नृत्य, तेज यक्सोको परिकल्पना रहेको चलचित्र ‘अम्लारी फूङ’ माता पाथिभरा फिल्मसको पाँचौ प्रस्तुती हो। मित्र लिङ्देन, बबिता सुब्बा, राज लिङ्देन, शान्ति शेर्मा, मलिषा याक्थुङ्बा लगायत कलाकार मुख्य अभिनय रहने ‘अम्लारी फूङ’को निर्माण नामेन्द्र सिं आङ्बुहाङ्ले गर्न लागेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.