नायिका नन्दिताको अहिले सम्मकै हट दृश्य जंग बहादुरको कोटमा (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
ग्ल्यामर भूमिकामा भन्दा रोना धोना र माया प्रेमका कथामा बढी रुचाउने नायिका नन्दिता के.सी.ले हट आइटम गीतमा अभिनय गरेकी छिन् । नयाँ बर्षको जेठ महिनामा प्रदर्शनमा आउने भन्दै प्रचारमा उत्रिएको चलचित्र ‘जंग बहादुरको कोट’ नामक चलचित्रमा नन्दिताले गरेको आइटम गीत सार्वजनिक गरिएको छ । अस्ट्रेलिया र नेपालमा छायांकन गरिएको चलचित्र ‘जंग बहादुरको कोट’बिग बजेटमा निर्माण भएको हो ।
nandita-kc-hot
खड्का एन्ड सन्स सिने इन्ड्रस्ट्रीको प्रस्तुतीमा तयार भएको चलचित्रलाई आशिष भेटवालले निर्देशन गरेका हुन् । चलचित्रमा विमलेश अधिकारी, अनुप बराल, नन्दिता केसी, आलोक कार्की, विश्व बस्नेत, सुचित्रा आचार्यको मुख्य भूमिका छ । यो गीतलाई गम्भिर बिष्टले कोरियोग्राफी गरेका हुन् ।
कालिप्रसाद बास्कोटा र विनोद घिमिरेले चलचित्रमा संगीत भरेका छन् । नायिका नन्दिता केसीले चलचित्रमा आइटम नृत्य नगर्ने बताउँदै आएकी थिइन् । तर, उनले यो चलचित्रका लागि भने ग्ल्यामर नृत्य गरेकी छिन् ।