भुटानी शरणार्थीहरुको समस्या माघ १५ बाट पर्दामा


सेलिब्रेटी नेपाल काठमाडौँ
भूटानी शरणार्थीहरुको समस्यालाई समेटेर निर्देशक उदय सुब्बाले चलचित्र ‘रिफ्युजी’ १५ माघबाट प्रदर्शनमा आउने भएको छ । बुधबार राजधानीमा आयोजित पत्रकार भेटघाटमा चलचित्रका निर्माता दीपेश सुब्बाले सो जानकारी दीएका हुन् ।
udaya-subba
यस्तै कार्यक्रममा जनवरीको पहिलो सातादेखि अमेरिका र त्यसपछि बेल्जियम, क्यानाडा र अष्ट्रेलियामा चलचित्र प्रदर्शन गरिने समेत जानकारी दिइयो ।
चलचित्रमा जीवन लुइँटेल, नीर शाह, रिस्ता बस्नेत, अशोक शर्मा, विपना बस्नेत, सुरवीर पण्डित, मोहन निरौला, भूपेन्द्र लिङ्देन लगायतको अभिनय छ । भने चलचित्रमा सौरभ लामाको छायांकन, राजु किराँतीको द्वन्द्व निर्देशन, दिनेश पाख्रिनको नृत्य निर्देशन, तारा थापा किम्लेको सम्पादन, विकास चौधरीको संगीत, डब्बु क्षत्री र उदय सुब्बाको शब्द रहेको छ।