अनसनमा उत्रियका चलचित्र कर्मी र सरकार बार्ता हुने



सेलेब्रिटी नेपाल पौष ४- विभिन्न ९ बुंदे माग राख्दै अनशनमा बसेका चलचित्रकर्मीलाई सरकाले विहिबार बिहान १० बजे बार्ताका लागि संचारमन्त्रालयमा बोलाएको छ । वुधबार बिहान सरकारी प्रतिनिधीसँग अनशनकारीले संचारमन्त्रिसँग मात्र बार्ता गर्ने अडान राखेका थिए । अनशनकारीको अडानपछि सरकारी प्रतिनिधीले पहल गर्ने बताएका थिए । सञ्चार मन्त्रालयका सह–सचिव नारायण प्रसाद सञ्जेल, उपसचिव कुमार खड्का र विकास बोर्ड सदस्य सचिव धनराज ज्ञावालीको एक टोलीले आन्दोलनरत चलचित्र कर्मीलाई आज बिहान प्रत्यक्ष भेटी बार्ताको लागि ढोका खुल्ला गरेको बताएको हो । कलाकार निर शाहको अध्यक्षतामा मंगलबार गठन गरिएको सचिवालयले सरकारसँग बार्ता गर्ने छ । यो सचिवालयको नाम वुधबार परिवर्तन गरी राष्ट्रिय चलचित्र संरक्षण मञ्च राखिएको छ । मंच को पहिलो मिटिङ आजै बसी उक्त मञ्चको सदस्य सचिवमा निर्देशक सुरेश दर्पण पोखरेललाई नियुक्त गरेको छ ।