नेपाली चलचित्र उद्योगमा बल्ने भो लालटिन


सेलिब्रेटी नेपाल काठमाडौँ
नेपाली चलचित्र उद्योगमा युवाको प्रवेश र युवाको चलचित्रमा रुची बढ्न थालेको छ जोशिला युवा हरुको टिम रहेको चलचित्र ‘लालटिन’ निर्माण हुने भएको छ । भानु प्रतापले निर्माण गर्ने चलचित्र ‘लालटिन’ लाई देवकुमार श्रेष्ठले निर्देशन गर्दैछन् । पुलिस फोर्सको अप्रेसनमाथि बन्ने चलचित्रमा दयासँगै नायिका प्रियंका कार्की, केकी अधिकारी, अर्जुनजंग शाही, अर्जुन गुरुङ, रिया श्रेष्ठ लगायतको अभिनय रहनेछ ।
Dayahang-rai-lalteen
मंगलबारबाटै काठमाण्डूदेखि छायाँकन प्रारम्भ गरिएको चलचित्र ‘लालटिन’ निर्माणमा भानुसँग राज केसी, अनिम श्रेष्ठ, मनोजराज भण्डारी र दीपक श्रेष्ठले सहकार्य गरेका छन् । चलचित्रको छायाँकन काठमाण्डू र केही दृश्यहरु थाइल्यान्डमा खिचिनेछ । हरी घले चलचित्रका छायाँकार हुन् भने रोशन श्रेष्ठले द्धन्द्ध निर्देशन गर्दैछन् । डिजराज पौड्याल, किरण माइकल र बिनोद ढकालको संगीत रहनेछ । कविराज गहतराजले चलचित्रका सम्पूर्ण गीतको कोरियोग्राफी गर्नेछन् । Lalteen-team