कलाकार संघमा रामकेशर बोगटीको जीत


सेलिब्रेटी नेपाल काठमाडौँ
कलाकार संघको १४ औं चुनाबी साधारण सभा बाट कलाकार संघमा नयाँ नेतृत्व आयको छ प्रतिस्पर्धात्मक चुनाब बाट अध्यक्ष पदका उम्मेदवार रामकेशर बोगटीले २३८ मत प्राप्त गरि बिजयी भएका छन् । उनका प्रत्याशी लय संगौलाले १६० मत प्राप्त गरे उम्मेदवार अर्का प्रतिस्पर्धी विशाल बिष्टले जम्मा १० मत प्राप्त गरे । यस्तै, उपाध्यक्ष पदमा भने सानु ताम्राकारले २७७ र रेजिना उप्रेतीले १८१ मत प्राप्त गर्दै विजयी भए । महासचिव पदमा सरिता लामिछानेले २२५ मत प्राप्त गर्दै गर्दा उनका प्रतिस्पर्धी कृष्ण ढुंगानाले १७१ मत प्राप्त गरे । सचिव पदमा चेत बहादुर सिंहले १९६ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी संजय खतिवडाले १८८ मत ल्याएपनि विजय हासिल गर्न सकेनन् । कोषाध्यक्ष पदमा विमला केसीले २०४ मत प्राप्त गर्दै विजय हासिल गरिन् । उनका प्रतिद्धन्द्धी आकाश खवासले १९० मत प्राप्त गरे । सह कोषाध्यक्ष पदमा नायिका नन्दिता केसी निर्विरोध विजयी भइन्
artist-association
सदस्य पदमा भने नायक गजित बिष्टले सर्वाधिक धेरै मत ल्याए । उनले २८७ मत ल्याएका थिए । सदस्य पदमा शिवहरी पौडेल, सविन श्रेष्ठ, देविराम पराजुली, अशिष्मा नकर्मी, शिवहरी नेपाल, कविता गेलाल, रश्मी भट्ट, धन बहादुर बमजन, बिष्णु प्रसाद सापकोटा विजयी भए ।नयाँ कार्यसमितीले सपथ ग्रहण समेत गरेको छ । निवर्तमान अध्यक्ष नवल खड्काले वर्तमान अध्यक्ष रामकेशर वोगटीलाई पद हस्तान्तरण गरेका छन् । नव निर्वाचित अध्यक्ष रामकेशर बोगटीले आफूले प्रतिवद्धता गरेका ७ बुँदा कार्यन्वयन गर्ने बताए । उनले कलाकार संघको आफ्नै भवन बनाउने बचन पुरा गर्ने बताएका छन् ।