समाजसेवी अब कलाकारिता तर्फ


सेलिब्रेटी नेपाल काठमाडौँ
लीलामाया ढकाल( गौतम ), यो नाम समाजसेवाको नाममा परिचित नाम हो तर पनि कतै परिचित भएपनि कतै अपरिचित बनेकी लिला महिलाहरुको लागि भने आइडल नै हुन् भन्दा फरक नपर्ला । २०२८ सालमा झापा को धरमपुरमा माधव प्रसाद ढकाल र मन माया ढकाल कि जेठी छोरी लिला चार दाजु भाईकी एक मात्र दिदि हुन् . लिला सानै देखि समाजमा केहि गरेर देखाउने सोच बोकेर अगी बदेकी हुन् ।
Lila-maya-gautam
सानो छदा बच्चा चोर को अभियोग मा एक असक्त महिलाई गाउले हरुले पिड्दै गर्दा आफुले बिच्मा गएर उक्त महिलाई सपोर्ट गरेको क्षेण उनले स्मरण गर्दै सुनाइन । हाल काठमाडौँ को धापासी निवासी उनि ब्यापार- ब्यबसायमा संग्लन २०४९ सालमा बिबाह बन्धनमा बाधिएकी हुन् । दुई सन्तानकि आमा उनलाई समाजसेवा गर्ने क्रममा बिचमा अनेकौ बिध्नबाधा आएपनि अहिले आयर परिवारले पनि बुझेको महसुस भएको छ ।

विभिन्न संघसंस्थामा आबद्ध लीलाले गरिब, असक्त अनि पिडित महिलाहरुको लागि एल जी सिलाई तथा हेंडीक्राफ्ट प्रशिक्षण केन्द्र संचालन गरेकी छन । उनले निसुल्क सय भन्दा बढी पिडित महिलाहरुलाई हेंडीक्राफ्ट सम्बन्धी तालिम दिने गर्छिन । नमुना दिदि-बहिनि समूह , धापासीको संग्स्थापक अध्यक्ष , मनकामना मन्दिर निमार्ण समितिको अध्यक्ष, धापासी जागरण समाजको संग्सथापक सदस्य, याकू सेवा समाजको कार्यसमिति सदस्य लगायत विभिन्न संस्थामा आबद्ध उनि समाजमा हुने हरेक सामाजिक कार्यमा क्रियासिल भयर लाग्ने गर्छिन । उनको सक्रियतामा ठाउँ –ठाउँ मा मन्दिर निर्माणको कार्य सम्पन्न भई सकेको छ ।ठाउँ –ठाउमा ब्रिक्षारोपन कार्यक्रम , बागमती सरसफाई कार्यक्रम , स्वास्थ्य सिबिर संचालन गरेकी उनले धापासीमा नमुना बस्तीको निमार्ण गरि उक्त बस्तिमा सरसफाइको कार्यक्रम बनाई अहिले उक्त बस्तीलाई सफा र प्रदुसन रहित बनाउन सफल भएकी छन । त्यसै गरि भूकम्पपिडितको लागि धादिंग, काभ्रे , सिन्धुपाल्चोक लगायत विभिन्न जिल्लामा पुगी सक्दो राहत वितरण गरेकी उनले काभ्रेको माझिफेदामा आफ्नो तर्फबाट भर्खरै एम्बुलेन्स प्रदान गरेको कुरा पनि जानकारी गराईन् ।
lila-maya-2
प्लास्टिक रहित शहर निर्माणको लागि वातावारण मन्त्रालय र घरेलु मन्त्रालयको सहायोगार्थ ४५ दिने कागज , कपडा र फाइबरको झोला निर्माणको तालिम पुरा गरि अहिले ठाउँ ठाउँ मा तालिम दिईरहेको कुरा लिलाले हामीलाई जानकारी गराइन । पिडित महिलाहरुको लागि उनको घर पुलीस चौकी जस्तै भयको कुरा धापासी निवासी महिलाहरुको रहेको छ . यो बिसयमा उनलाई सोध्दा रातको १२ बजे पनि उनलाई अनेकौ समस्या परेर फोन आउने कुरा उनले बताइन । उनि अब समाज सेवा बाट केहि समय निकालेर चलचित्रको पर्दामा पनि देखिने भएकी छिन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.