राजनीतिक कथावस्तु बोकेको नागरिक आगामी सुक्रबार


सेलिब्रेटी नेपाल काठमाडौँ
समकालीन राजनीतिक कथावस्तु समेटिएको नेपाली कथानक चलचित्र ‘नागरिक’ आगामी शुक्रबारदेखि देशभर प्रदर्शनमा आउने भएको छ । विसं २००७ देखि वर्तमान राजनीतिक गतिविधिलाई चलचित्रले समेटेको छ । चलचित्रले नेताहरुले कसरी राजनीतिक स्वार्थ पूरा गर्न जनतामाझ गरिएका वाचालाई बिर्सिएर आफ्ना स्वार्थ पूरा गर्न उन्मूख हुन्छन् भन्ने कुरालाई दर्शकमाझ ल्याउन खोजेको छ ।
Nagarik-nepali-film
चलचित्रको मुख्य भूमिका देखिएका अभिनेता रमेश बुढाथोकीले राजनीतिमा केकस्ता फोहोरी खेलहरु हुन्छन् र नेताले कसरी जनतालाई झुट बोल्छन् भन्ने कुरालाई देखाउन खोजेको बताए । आज चलचित्र युनिटले पत्रकार सम्मेलन गरि चलचित्रको बारेमा जानकारी गरायो । मनु इन्टरटेन्टमेन्टको प्रस्तुति रहेको नागरिकलाई विमल पौडेलले निर्देशन गरेका हुन् । श्रीवनराज भण्डारी, सास्वत दुलाल र सत्य शर्माको संयुक्त लगानी रहेको चलचित्रमा नायकको भूमिकामा बुढाथोकी र नायिकाको रुपमा सरिता गिरीसहित अन्य चर्चित कलाकारको अभिनय रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.