ठमेल डटकम अपुरो छु म सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
चलचित्र ‘ठमेल डटकम’को तेस्रो गीतलाई ट्रेलरका रुपमा रिलिज गरिएको छ । यसअघि ‘मेरो सुखले दिन’ र ‘टाइटल गीत’ रिलिज गरेको निर्माण संस्थाले ‘अपुरो छु म’ बोलको गीतको एक अंश सार्वजनिक गरेको छ ।सार्वजनिक सांगीतिक प्रोमोमा समावेश गीतमा बसन्त सापकोटाको संगीत रहेको छ भने राजेशपायल राई र विना भट्टराईको स्वर रहेको छ । गीतमा महाराज थापाले संगीत संयोजन गरेका हुन ।
Thamel-dot-com
दशैको अवसर पारी प्रदर्शन हुने ग्याङस्टर श्रेणीको चलचित्र ठमेल डटकम ‘अपुरो छु म’ बोलको गीतलाई सांगतिक प्रोमोका रुपमा सार्वजनिक गरेको छ ।चलचित्रमा अनुप विक्रम शाही, नरेन खड्का, प्रमोद अग्रहरी र निता पोखरेलको मुख्य भुमिकामा अभिनय रहेको छ । राजकुमार शर्माले निर्देशन गरेको चलचित्रलाई गोपीकृष्ण मुभिजले निर्माण गरेको हो । चलचित्र दशैको दिन कात्तिक ५ गतेबाट मोफसल र त्यसको भोलिपल्ट ६ गतेबाट उपत्यकामा प्रदर्शन हुँदैछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.