सुश्रीले भगाईन् आर्यनलाइ मण्डप बाटै (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
अभिनेता आर्यन सिग्देललाई अभिनेत्री आशिका तामाङले बिहेको मण्डपबाटै भगाएकी छिन । सुरविना कार्कीसँग विवाहका लागि तयार भईरहँदा आशिकाले आर्यनलाई भगाईदिएपछि उनका दाजुहरुले आर्यनको खोजी गर्न थालेका छन् । आगामी कार्तिक ३ गतेबाट अल नेपाल रिलिज हुन लागेको चलचित्र ‘सुश्री’को सार्वजनिक ट्रेलरमा यी दृश्यहरु दर्शकले देख्न सक्नेछन । आशिका फिल्मस् प्रालिको व्यानरमा निर्मित यस चलचित्रको ट्रेलरलाई कमेडी रुपमा प्रस्तुत गरिएको छ ।
Sushree-poster
लेखक शिवम अधिकारीको डेब्यु निर्देशन रहेको चलचित्रमा राजाराम पौडेल,बिकास चापागाई र मिश्री थापालगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रका निर्माता आत्माराम थापा हुन् । चलचित्रलाई रामेश्वर कार्कीले खिचेका छन् भने शंकर बिसीको कोरियोग्राफी रहेको छ । चलचित्रमा सानुकुमारले द्वन्द निर्देशन गरेका छन् । त्यस्तै बसन्त सापकोटा र आशिष पुरुषको शब्द रहेको छ भने बसन्त र सुबास भुषालले संगीत भरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.