एचआईभी पिडित बालबालिकाको लागि नेपकिनको बिशेष शो


सेलिब्रेटी नेपाल काठमाडौँ
नेपाली चलचित्र निर्माण विभिन्न उदेश्यले गर्ने गरिन्छ कुनै चलचित्र ब्यबसायिक रुपमा निर्माण हुन्छन भने कुनै सामाजिक रुपमा त कुनै मनोरंजनका लागि सामाजिक कार्यको सहयोग स्वरूप विभिन्न च्यारिटी शो गर्ने उदेस्यका साथ निर्माण गरिएको चलचित्र नेपकिनले च्यारिटी शो को आयोजना गरेको छ । भक्तपुरमा अवस्थित बाराही मुभिजमा आयोजना गरिएको शोमा करिब पाँच सय जनाले चलचित्र हेरेका थिए । चलचित्रको शो बाट उठेको रकम एच.आइ.भी.पिडित बाल बालिका हरुको लागि हस्तान्तरण गरिएको छ ।
Napkin-Team
भानु प्रतापको लेखन तथा निर्देशनमा बनेको चलचित्र नेपकिनमा प्रदिप गिरि,विनायक लामिछाने,राकेश के.सी.,रबिन थापा,अर्जुन भट्टराई,रमेश थापा,देव श्रेष्ठ अनिता बस्नेतको अभिनय रहेको छ चलचित्रको सम्पादन प्रज्वलित पराजुलीले गरेका हुन् । चलचित्र हेर्ने दर्शकले चलचित्र राम्रो बनेको प्रतिक्रिया समेत दिएका छन् यस प्रतिक्रिया बाट थप हौसला मिलेको र अन्य स्थानमा पनि यस्तै च्यारिटी शो को आयोजना गरेर विभिन्न संघ संस्था लाइ सहयोग गर्ने निर्देशक भानुले बताए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.