सुश्रीको टेम्प्रोररी माया सार्बजनिक (भिडियो)


कार्तिक ३ गतेलाई रिलिज मिती तय गरेको चलचित्र लेखक शिबम् अधिकारी निर्देशित तथा आर्यन सिग्देल अभिनित ‘सुश्री’ को एक गीत सार्वजनिक गरिएको छ ।‘टेम्प्रोररी माया…’बोलको सार्वजनिक गीतमा बसन्त सापकोटा र एन्जिला रेग्मिको स्वर रहेको छ । बसन्त सापकोटाको शब्द तथा संगीत रहेको उक्त गीतलाई शंकर बिसीले कोरियोग्राफी गरेका छन् । जुन गीतमा अभिनेता आर्यन सिग्देल र नायिका आशिका तामाङलाई प्रस्तुत गरिएको छ । यसै चलचित्र मार्फत् चलचित्र निर्देशनमा लेखक शिबम् अधिकारी र हिरोइनमा आशिका तामाङले डेब्यु गर्दै छन् ।
sushri-aaryan-ashika
आत्मराम थापाको लगानिमा निर्मित यस चलचित्रमा आर्यन र आशिका सहित अर्की नायिका सुरबिना कार्की,राजाराम पौडेल,बिकास चापागाईं र मिश्री थापा मुख्य भूमिकामा छन् । चलचित्रलाई रामेश्वर कार्कीले खिचेका छन् भने सानुकुमारले दन्द निर्देशन गरेका छन् । त्यस्तै बसन्त सापकोटा र आशिष पुरुषको शब्द रहेको छ भने बसन्त र सुबास भुषालले संगीत भरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.