सेलिब्रेटी नेपाल काठमाडौँ
संचारकर्मी श्याम अर्यालले निर्माण गर्न लागेको चलचित्र मरिनाको शुभसाइत दुबईमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा सहभागी हुन नायक आर्यन दुबई पुगेका थिए । आर्यन सिग्देल , प्रियंका कार्कि,पारस थापा को मुख्य अभिनय रहने चलचित्रलाई अनुप गिरिले निर्देशन गर्ने भएका छन । श्याम अर्याल प्रस्तुत कर्ता ,रतन थापा निर्माता रहेको मरिना मिज्जल पिक्चर्स प्रोडक्सनको ब्यानरमा बन्ने छ । उक्त शुभ साइत कार्यक्रम मा नेप्लिज आर्टिस्ट ग्रुप को उद्घाटन पनि आर्यनले गरेका थिए । उक्त ग्रुपको शाखा अन्य देशहरुमा पनि संचालन गरिने छ ।
चलचित्रको शुभ साइत सकिए लगत्तै तिज उत्शव कार्यक्रम सुरु भएको थियो । तिज उत्सबको प्रमुख आकर्षण नायिका रेखा थापा थिइन । रेखाले कार्यक्रम मा गीत गाएर दर्शकलाई मनोरन्जन दीइन् । तिज उत्सव कार्यक्रममा रेखा थापाको हात बाट जिरीमाया तामाङले हिराको औंठी प्राप्त गरिन । उक्त उपहारको मूल्य साठी हजार थियो । उक्त कार्यक्रमको आयोजना रतन थापाले गरेका हुन ।
रतनले अब निरन्तर रुपमा सांस्कृतिक कार्यक्रम आयोजन गर्नेछन । भब्य रुपमा सम्पन्न कार्यक्रम पहिलो पटक फुजेरा, शारजा, दुबईमा गरिएको थियो ।देव बिक संयोजक,बिष्णु अधिकारि,शेखर सुब्बा,कास्की आदर्श सेवा समाज सहयोगी रहेको तिज उत्शवलाई सफल पार्न ट्राभल पाटनर नमस्ते ट्राभल,एयर अरेबिआ, हस्पिटालिटी पार्टनर सिटी माक्स होटल्, ड्रीकिंग पार्टनर प्राण जुस रहेको थियो ।