संयम र सलोनको आशा लभ सबमा


सेलिब्रेटी नेपाल काठमाडौँ
आगामी सुक्रबार बाट देशभर प्रदर्शनमा आउन तयार भएको चलचित्र लभ सभले आज एक पत्रकार भेटघाटको आयोजना गरेको छ । पुराना तथा सफल निर्माता द्वय सुशील पोखरेल र नरेन्द्र महर्जनले संयुक्त निर्माण गरेको चलचित्र लाइ देब कुमार श्रेष्ठले निर्देशन गरेका छन् । युवा पुस्ताको माया प्रेम समाबेश गरिएको चलचित्रमा युवा पुस्ताका कलाकार हरुको बाहुल्यता रहेको छ । चलचित्र लभ सभ मा संयम पुरी,सलोन बस्नेत,शिशिर भण्डारी र नायिका करिश्मा मानन्धरको मुख्य भूमिका रहेको छ । Love-Sove
कार्यक्रममा बोल्दै निर्माता सुशील पोखरेलले युवा हरु लाइ मन पर्ने चलचित्र बनायको बताए । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई, एफडी कम्पनीका अध्यक्ष प्रदिप कुमार उदय, चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसी, चलचित्र सेन्सर बोर्ड सदस्य सन्दिप सापकोटा, वितरक गोपाल कायस्थ,निर्देशक अनिल संग्रौला लगायतले चलचित्रलाई शुभकामना दिएका थिए । सलोन बस्नेत र करिश्मा श्रेष्ठको बिषयमा बजारमा प्रेम सम्बन्ध रहेको भन्ने कुरा आइ रहंदा उनिहरु आफु बीच कुनै त्यस्तो सम्बन्ध नरहेको र असल साथी मात्र भएको बताएका छन् । उनका फ्यान हरुले उनि हरु बीच प्रेम सम्बन्ध छ कि भनेर पनि सोची रहेका बेला यो जोडीले असल साथी मात्र हो भन्दा सबै अच्चममा परेका छन् । चलचित्र सायद बाट सफल बनेका संयम पुरी र होस्टेल बाट सफल बनेका सलोनको आशा अब लभ सबमा रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.