चलचित्र पत्रकार तथा सिनेकर्मी सन्दीप सेन्सर बोर्डमा नियुक्त


सेलिब्रेटी नेपाल काठमाडौँ
नेपाली चलचित्र जांच समितिको रिक्त पदमा चलचित्र पत्रकार तथा सिनेकर्मी सन्दीप सापकोटा नियुक्त भएका छन् नेपाल सरकार सूचना तथा संचार मन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट आज केन्द्रिय चलचित्र जाँच समिती फिल्म सेन्सर बोर्डको बोर्ड सदस्य पदमा नियुक्त भएका हुन् ।
Sandip-sapakota
बिगत डेढ दशकदेखि चलचित्र पत्रकारिता तथा चलचित्रकर्ममा लागेका सापकोटा २०७० सालमा सम्पन्न चलचित्र पत्रकार संघ को छैठाै अधिबेशनबाट केन्द्रिय महासचिवमा निर्वाचित भइ हाल जिम्मेवारी बहन गरि रहेका छन् । चलचित्र पत्रकारिता पुरस्कार २०६९ बाट समेत पुरस्कृत भइसकेका सापकोटा एक कुसल अभिनय क्षमता बोकेका कलाकारका रुपमा पनि चिनिन्छन । चलचित्र माया त माया हो र के म तिम्रो साथि बन्न सक्छु मा उनले अभिनय गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.