बिरेनको दोहोरो चरित्र



सेलेब्रिटी नेपाल पुष १-बलिउडका चलचित्रमा डबलरोल सामान्य मानिन्छ। नेपाली चलचित्रमा भने यसको प्रयोग बिरलै गरिन्छ। यतिबेला एउटा चलचित्र ‘मनले मनलाई छुन्छ’ प्रदर्शनको तयारीमा छ, जसमा निर्देशक शिव रेग्मीले नायक-नायिकालाई डबल रोलमा प्रस्तुत गरेका छन्। चलचित्र ‘मिस्टर मंगले’ पछि दर्शकमाझ आउन लागेका नायक विरेन श्रेष्ठ तथा नायिका गरिमा पन्त यो चलचित्रमा डबल रोलमा देखिनेछन्। प्रेमकथामा आधारित यो चलचित्रमा विरेन र गरिमाले पहिलो पटक अनस्क्रिन रोमान्स गरेका छन्। सुनिल सिटौला प्रस्तुतकर्ता रहेको यो चलचित्रको आफ्नो भूमिकालाई गोप्य राख्नुपर्ने बाध्यता दर्साउँदै नायक श्रेष्ठले भने ‘सबै कुरा अहिले नै खुलाउन मिल्दैन, तर मलाई चलचित्रमा दर्शकहरूले दुई भिन्न भूमिकामा देख्न पाउनु हुनेछ।’ निर्मातासमेत रहेका नायक श्रेष्ठले चलचित्रमा गरिमा पन्तले पनि पहिलो पटक दोहोरो भूमिका निर्वाह गरेको स्पष्ट पारे। चलचित्रको सार्बजनिक प्रदर्शन आगामी पुष २७ गते देखि हुने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.