७ जना कमेडी नायक संग प्रियंका कार्की (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
कमेडी चलचित्र ६ एकान ६ को सफलता बाट हौसिएका दिपक राज गिरी र दिपा श्री निरौलाले निर्माण गरेको चलचित्र ‘वडा नं ६’ को ट्रेलर सार्वजनिक भएको छ । बिहिबार सार्वजनिक गरीएको ट्रेलरमा कमेडीलाई बिशेष प्राथामिकता दीइयको छ । असोज १ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रमा दिपकराज गिरी, दिपा श्री निरौला, जितु नेपाल, केदार घिमिरे ,कुञ्जना घिमिरे, ताराचन्द्र बजगाई, सुमन गिरी लगायतको लगानी रहेको छ । चलचित्र ६ एकान ६ मा नायिका निता ढुंगानाको पछी पछी ६ जना कमेडी कलाकार थिय भने ‘वडा नं ६’मा नायिका प्रियंका कार्की संगै ७ जना कमेडी कलाकारको अभिनय रहेको छ ।
Priyanka-karki
चलचित्रमा दीपकराज गिरी, प्रियंका कार्की, दयाहाङ राई, सीताराम कट्टेल, केदार घिमिरे, जितु नेपाल, विल्सनविक्रम राई लगायतको अभिनय देख्न सकिनेछ । उज्ज्वल घिमिरेले निर्देशन गरेको यो चलचित्रमा नृत्य गम्भीर विष्ट, द्वन्द्व रोशन श्रेष्ठ, संगीत सुगम पोखरेल, राजनराज शिवाकोटी र छायांकन दीपक बज्राचार्यको रहेको छ ।