पोजेटिभ राइजिंग हुनको लागि नेगेटिभको पनि भूमिका उत्तिकै विनायक


सेलिब्रेटी नेपाल काठमाडौँ
काठमाडौँका स्थायी बासि विनायक लामिछाने कलाकारिताको लागि नयाँ नाम कलाकारितामा प्रवेश गरेको करिब २ बर्ष भइसकेको छ । कान्तिपुर टेलिभिजनबाट प्रशारणमा आउने टेली चलचित्र ‘किलो ट्यान्गो माइक’ बाट यस क्षेत्रमा प्रेबेश गरेका बिनायकको अभिनय रहेको चलचित्र नेपकिन प्रदसनको लागि तयार भएको छ। व्यापार ब्यबसायमा संग्लन उनि साथीभाइको सल्लाह र अरु कलाकार साथीहरुको काम देखेर यस क्षेत्रमा प्रवेश गरेका हुन् । अब भने निरन्तर यो क्षेत्रमा लागिरहने बताउछन्। पोजेटिभ राइजिंग हुनको लागि नेगेटिभको पनि भूमिका उत्तिकै हुन्छ र आफु पनि आफ्नो पर्सनालिटी र चाहना अनुरुप भिलेनमा जम्ने आफ्नो इच्छा रहेको कुरा उनि बताउछन।
Binayak-Lamichhane
चलचित्र नेपकिनमा उनले गरेको भूमिका बारेमा सोध्दा आफ्नो रोल पूर्ण रुपमा सस्पेन्स रहेको र अहिले खुलाउन् नमिल्ने बताउछन उनि साथै नेपकिन चलचित्रमा निर्देशक भानु प्रतापको कारणले गर्दा आफु अनुबन्धित भएको कुरा पनि उनले खुलासा गरे। हलिऊड अभिनेता जोनीडिप र बलिउड अभिनेता संजय दतको अभिनयबाट प्रभावित उनि नेपाली चलचित्रमा भने कलाकार भानु प्रतापको अभिनय बाट प्रभावित रहेको बताउछन र भबिस्यमा नेपाली चलचित्र जगतमा एउटा आफ्नो छुट्टै पहिचान बनाउने दाबी उनले कुरै कुराको सिलसिलमा सुनाए ।

टेलीचलचित्रमा अभिनय गरिराखेको मान्छे एक्कासी चलचित्रमा अभिनय गर्न पुग्दा कस्तो महुसुस भयो र के फरक पाउनु भयो त भन्ने प्रस्नमा विनायक भन्छन :” सिरियलमा भन्दा चलचित्रमा काम गर्दा समयको प्रबाह नहुने, टिम ठुलो हुदा एउटा कलाकारको जिम्मेवारी महसुस हुने साथै दुवै विधा फरक रहेको र काम गर्ने सैली पनि दुवै क्षेत्रमा फरक नै हुने रहेछ ।”

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.