दिपकको वाहियात लभ स्टोरी पछी सुर्के थैली


सेलिब्रेटी नेपाल काठमाडौँ
कमेडी बेसको चलचित्र ‘छ एकान छ’ को सफलता पश्चात दिपक राज गिरि र दिप श्री निरौलाले बनाएको चलचित्र ‘वडा नम्बर छ’ अब प्रदर्शनको मिति कुरेर बसी राखेको छ असोज १ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र लाइ उज्वल घिमिरेले निर्देशन गरेका छन् । केहि हप्ता पहिले वाहियात लभ स्टोरी बोलको गीत सार्बजनिक गरेको चलचित्रको अर्को गीत सुर्के थैली सार्बजनिक भएको छ ।
Dipak-dipa
सार्बजनिक गीतमा चलचित्रका सबै प्रमुख कलाकार देखिएका छन् । गीतमा स्वर,शब्द र सङ्गीत राजनराज शिवाकोटीको रहेको छ भने अन्जु पन्त र राजु विश्वकर्माको पनि यो गीतमा स्वर रहेको छ । गीतमा दिपकराज गिरी, प्रियंका कार्की, दयाहाङ राई, केदार घिमिरे, सिताराम कट्टेल, जीतु नेपालको साथमा निर्मात्री दीपाश्री निरौला देखिएका छन् ।