पाण्डव सुनुवार


  • लोक गायक पाण्डव सुनुवार
  • जन्म- २००९ पौष ९ गते
  • जन्म स्थान-ओखलढुंगाको रगनी गाबिस
  • संगीत प्रवेश-२०३०
  • मृत्यु -२०६३ साल असोज २१ गते
  • पहिलो गीत- सपनाभरि हाँसिरहन्छु..
  • एकल एल्बम – फ्याफुल्ला र रेडियो प्रसारणका आरोह अवरोह नामक पुस्तक प्रकाशित

“ऐंसेलुको पात…, सक्यो नानी सक्यो नानी…, शहरै जाउँला नि धन कमाइ ल्याउला… भिज्यो तिम्रो रातो पछ्यौरी …..” जस्ता उनका दर्जनौ गीतहरू आज पनि जनजिब्रोमा झुण्डिएका छन्। एक समय सुनुवार र वासुदेव मुनालको जोडी नेपाली गायन क्षेत्रमा खुबै छाएको थियो। दुवैको संयुक्त स्वरमा पाँच दर्जन जति गीत रेकर्ड भएका छन्।नगाभा, इन्द्रेणी जस्ता कार्यक्रम मार्फत् रेडियो–श्रोतामाझ अत्यन्त प्रिय बनेका सुनुवारको आवाजमा एक खालको जादु नै थियो। कुनै बेला रेडियो नेपालको सर्वाधिक लोकप्रिय कार्यक्रम फोन इनको सुरुआत उनैले गरेका हुन् । दुई दशकअघि कोरिया र हङकङका रेडियोको सिको गरेर उनले नेपालमा शुरु गरेको फोन इनको लोकप्रियताको फाइदा अहिलेका एफएम रेडियो र टेलिभिजनहरूले पनि लिइरहेका छन्। त्यस्तै, चौतारी मार्फत् उनले गाउँघरका प्रतिभाशाली कलाकारहरूको आवाजलाई रेडियोमा गुञ्जिने अवसर दिलाएका थिए।
मीठो आवाजको रेडियोकर्मी तथा संस्कृतिविद्का रूपमा श्रोतामाझ मजैले छाएका थिए उनी। पाण्डव सुनुवारको आवाजको लोकप्रियतालाई शारीरिक रूपसँग दाँजेर कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले ठट्यौली कथन बनाएका थिए, “अनुहार न दनुवार पाण्डव सुनुवार।” आफ्ना बारेमा यसरी उखानै बनेको देख्दा उनलाई गर्वको अनुभूति हुन्थ्यो। रेडियोको आवाज, ठेट शब्दयुक्त लोकगीत र यस्तै उखानहरूमार्फत् सुनुवार कुनै न कुनै रूपमा सुनिन्थे, चर्चा–परिचर्चाको विषय बनिरहन्थे।

 

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.