गायिका आशाको स्वरमा सुनिता केशीको ‘के पाए र खै’ सार्वजनिक


काठमाडौं । गीतकार सुनिता केशीको नयाँ गीत ‘के पाए र खै’ सार्वजनिक भएको छ। समाजमा महिलाले भोग्ने पीडा र विदेशिनुको बाध्यता गीतमा मार्मिक रूपमा प्रस्तुत गरिएको छ।

गीतमा महेश खड्काको संगीत रहेको छ भने महाराज थापाले संगीत संयोजन गरेका छन्। गीतलाई गायिका आशा लामा ज्ञानमालाले स्वर दिएकि छन्।

निरेन श्रेष्ठले निर्देशन गरेको भिडियोमा दीपा केशी, सुशीला श्रेष्ठ, निमेश दाहाल, बिशेशता महर्जन , बासु बासकोटी र सरु बासकोटी फिचर्ड छन्। भिडियोको छायांकन चक्र बहादुर बरालले गरेका हुन्।

समाजमा महिलाहरूले रोजगारीको सिलसिलामा विदेशिनु पर्ने बाध्यता र त्यसले पार्ने भावनात्मक असर भिडियोमा जीवन्त रूपमा प्रस्तुत गरिएको छ। सार्वजनिक भएसँगै ग्यानामाला युट्युब च्यानलमार्फत दर्शक-श्रोताबाट राम्रो प्रतिक्रिया पाइरहेको छ।

 

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.