भानु प्रतापको नेपकिन कसको लागि….?


सेलिब्रेटी नेपाल काठमाडौँ
भानु प्रताप, यो नाम अहिले नेपाली चलचित्र उद्योगमा छोटो समयमा चिनिन सफल नाम हो । चाहे छोटो समयमा थुप्रै चलचित्र खेलेर होस् या उनले चलचित्रमा गरेको अभिनयको कारणले होस् उनको बेलाबेलामा हुने विवाद ले होस् या त उनले बेला बेला बनाउने गरेका छोटा चलचित्रले होस् चाहे जे होस् भानु प्रतापको नेपाली सिने जगतमा एउटा छुटै पहिचान छ ।
Napkin-poster
भानु प्रताप निर्देसित चलचित्र ‘नेपकिन’को अफिसियल पोस्टर सार्बजनिक गरिएको छ । पोस्टर आम नेपाली चलचित्रको भन्दा फरक देखिन्छ ।
यो भन्दा अघि दुई वटा छोटा चलचित्र निर्देसन गरिसकेका भानु प्रतापलाइ चलचित्र नेपकिनको बारेमा सोध्धा भन्छन, रियल घटनाको स्टोरी हो ।चलचित्र दलाल मार्फत नेपाली चलचित्र जगतमा प्रबेस गरेका भानुले अहिले सम्म एक दर्जन चलचित्रमा अभिनय गरिसकेका छन ।

भानु प्रताप द्वारा निर्देसित चलचित्र ‘नेपकिन’ को सम्पूर्ण प्राबिधिक कार्य सकियको छ । चाडै नै चलचित्रको बिशेष शो गर्न लागेको कुरा उनले हामीलाई सुनाए । चलचित्रमा प्रदिप गिरि, विनायक लामिछाने, अनिता बस्नेत, रबिन थापा, राकेस केसी, अर्जुन भट्टराई, रमेस थापा, देव श्रेष्ठ लगायत को अभिनय रहेको छ । सुबास मगरको छायांकन रहेको चलचित्रमा प्रज्वलित पराजुलीको सम्पादन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.