प्रकृति निस्ठुरी बने पछी (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
गत वैशाख १२ गते गएको बिनाशकारी महाभूकम्पपछि आइरहेका पराकम्पनको मात्रा र स्तर घट्दै गईरहेको भए पनि सर्बसाधारणमा अझै भूकम्पको त्रास भने हटेको छैन । यसै बीच नेपाली गायक संगीतकारहरुले विभिन्न किसिमको भूकम्प सम्बन्धि गीतहरु गाएर मनोरंजन र संदेश दिने काम पनि धमाधम गरि रहेका छन् ।
Satyakala-rai
त्यसो त विनासकारी महाभूकम्पले नेपालमा ल्यायको बिनाश पछि कलाकारहरु पनि भूकम्प पिडितहरुलाई सहयोग गर्ने र राहत वितरण गर्ने कार्यमा लागे
अहिले देश नै संक्रमण कालमा भएको बेला कलाकारहरु पनि पिडामा छन् आफनो सृजनालाई हरेक कोणबाट भूकम्प बिसेष शब्द चयन गर्दै गीतलाई संगीत भर्दै जनमानस सामु ल्याउन पछी परेनन् । यस्तै पछिल्लो समय गीत संगीतको क्षेत्रमा चर्चा कमाउदै आएका गायक तथा संगीतकार पुस्कर सुनुवारले पनि हालै भूकम्प बिशेष “प्रकृति किन यती भयौ निष्ठुरी” बोलको गीत ल्याएका छन् । सामुहिक रुपमा नवल खड्का, सत्यकला राई, उत्तम के.सी., लय संग्रौला, योगेन्द्र श्रेष्ठ, सानु कुमार ताम्राकार, सोनीका बास्तोला, भगवती खड्का लगाएतले यस गीतमा आफ्नो संदेश मुलक अभिनय गरेका यो गीतलाई मौलिक सिरिश र पूजा पोखरेल शब्द चयन गरेका हुन् भने पुस्कर सुनुवार, मोहन मगर र पूजा न्यौपाने स्वर भरेका छन् । सन्ध्या म्युजिक प्रा.लि.ले युट्युब मार्मत सार्बजनिक गरेको सो गीत प्रदिप रसाइलीले निर्देशन गरेका हुन् भने सम्पादन ओम प्रसाईले गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.