राज कुमार चलचित्र विकास बोर्ड अध्यक्ष नियुक्त


सेलिब्रेटी नेपाल काठमाडौँ
rajkumar-winपाँच महिना देखि रिक्त रहेको चलचित्र विकास वोर्डको अध्यक्षमा निर्माता संघका अध्यक्ष राजकुमार रार्ई नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्री परिषदको बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो । चलचित्रक्षेत्रलाई हेर्ने एक मात्र सरकारी निकाय चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएपछि उनले चलचित्रक्षेत्रलाई विस्तारै विकासन्मुख दिशा तर्फ लग्ने बताए । सुस्ताएको चलचित्र बजारलाई माथि उठाउन आफ्नो कदम अगाडी बढ्ने पनि नव नियुक्त चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले बताएका छन् । उनले आइतबार सरकार बाट पत्र बुझ्ने छन् ।