नायिका हर्षिकाले भारतीय व्यवसायीसँग बिहे गर्दै


सेलिब्रेटी नेपाल काठमाडौँ
नायिका हर्षिका श्रेष्ठले भारतिय व्यवसायीसँग विवाह गर्ने भएकी छिन् । प्राप्त जानकारी अनुसार भारतको कलकत्ताका व्यवसायी प्रसुन झुन्झुन्वालासँग नायिका श्रेष्ठले यही जेठ २७ गते विवाह गर्न लागेकी हुन् । हर्षिकाले आफन्त र आफ्ना नजिकका चलचित्रकर्मीलाई विवाहको निमन्त्रणा कार्ड पठाइ सकेकी छन् ।
Harsika-shrestha
नायिका हर्षिका श्रेष्ठले करिब एक दर्जन नेपाली चलचित्र , दुइ दर्जन जति म्युजिक भिडियो र केही विज्ञापनमा अभिनय गरेकी छन् । पर्दामा बोल्ड दृश्य दिन नहिच्किचाउने हर्षिका अभिनित कुनै पनि चलचित्र व्यापारिक रुपमा सफल छैनन् । छायाँकनको अन्तिम चरणमा रहेको चलचित्र ‘लुटेरा’ सँगै हर्षिका अभिनित चलचित्र ‘साइकल’ प्रदर्शन हुन बाँकी रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.