राजनीतिबाट आबेगमा आएका निर्देशकको अब होलिडे


(सेलिब्रेटी नेपाल) काठमाडौँ
‘बिजयपथ’, ‘राजनीति’ तथा प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘आबेग’ निर्देशकको नयाँ चलचित्र ‘होलिडे’को निर्माण घोषणासँगै मंगलवार राजधानीमा खुलेको नयाँ स्टुडियोमा गीत रेकर्ड कार्य सम्पन्न भएको छ । संगीतकार टंक बुढाथोकीले मंगलवारबाट नै नीजी लगानीमा सञ्चालनमा ल्याएको ‘स्टुडियो नाईन (Studio 9) मा गायक समेत रहेका टंक तथा गायिका मनिषा पोखरेलले ‘होलिडे’मा समावेश हुने गीत ‘शनिबारको छुट्टीमा मेहनत गरेर..’ बोलको गीतमा स्वर दिए । यो गीतमा संगीत पनि टंकले नै भरेका छन् ।
Holiday-Basant-niraulaनिर्देशक निरौलाको जन्मदिन सँगै नयाँ प्रोजेक्टको सुरुवातको खुसियाली साट्न बरिष्ट कलाकार रमेश बुढाथोकी, नायक आर्यन सिग्देल, नायिका सञ्चिता लुईंटेल, पबित्रा आचार्य, अभिनेता सोहित मान्नधर लगायतका कलाकर्मी तथा चलचित्रकर्मीहरु उपस्थित थिए । ३१ औं जन्मदिन मनाएका निरौलाले जन्मदिनसँगै नयाँ चलचित्र ‘होलिडे’ को सुभारम्भको केट काटे । कलाकार फाईनल भईनसकेको यो चलचित्रको पुर्णतः छायाँकन युरोपमा गरिने निरौलाले बताएका छन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.