निखिलको सिक्स प्याक संगै भैरवको फर्स्टलुक पोस्टर आउट


(सेलिब्रेटी नेपाल) काठमाडौँ
एक समयका स्टार नायक निखिल उप्रेती घरमा बच्चा सहितकी श्रीमती हुँदाहुँदै नायिका संचिता लुईटेलसँग दोस्रो विहे गरेपछि मुम्बई लागेका थिए मुम्बईमा केहि बर्षको स्ट्रगल पछि निखिल उप्रेतीकोको कम्ब्याक तथा निर्देशकिय डेब्यू चलचित्र ‘भैरव’को पोस्टर सार्वजनिक भएको छ।
Bhairaw-poster
‘भैरव’ को पोस्टरमा निखिल उप्रेतीले सिक्स प्याक देखाएका छन्। निखिलले डेब्यू चलचित्र ‘पिँजडा’का लागि कान्तिपुर कम्प्लेक्सको सातौं तलाबाट हामफालेर एक्सन अभिनेताका रुपमा उदाएका निखिल अब सिक्स प्याक मार्फत पुन नेपाली चलचित्र बजारमा केहि गर्ने योजनाका साथ लागेका छन् ।

निखिलको ‘भैरव’मा नेपाल-भारत सिमानामा हुने तस्करी लगायतका गैर कानुनी गतिविधिको कथा रहेको छ जसमा उनी प्रहरी अफिसरको भुमिकामा रहेका छन्। पोस्ट प्रोडक्सनमा रहेको ‘भैरव’ जेठ २२ मा रिलिज हुँदैछ । चलचित्रमा निखिल संगै बलिउड तथा नेपाली चलचित्रहरुमा खलनायकको भुमिकामा अभिनय गरेका मुरलीधर पनि लामो समय पछि नेपाली चलचित्रमा देखिदैँछन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.