डबिड़मा सुमनको नो स्मोकिंग


(सेलिब्रेटि नेपाल) काठमाडौँ
संचारकर्मी सुमन दाहालको निर्देशनमा वनेको दोस्रो चलचित्र ‘नो स्मोकिड़’ को अहिले तिब्र गतिमा डबिड़ भइरहेको छ । रेड स्टूडियो महाराजगंजमा पोष्ट प्रोडक्शनको काममा व्यस्त निर्देशक दाहालका अनुसार डबिड़, कलर, र व्याकराउड म्यूजिकको काम एकैसाथ भैरहेको छ ।No-smoking-mahima खैरावाड़ मूभि मेकर प्रोडक्शन प्रा लीको व्यानरमा, मुरारी पोख्रेलको प्रतुती, वसन्त काफ्ले निर्माता, दिव्य सुवेदीको छायाकंन, राजु शाह, कविराज गहतराज, विकास घले गुरूडको नृत्य , हिमाल केसीको द्वन्द , टंक वुढाथोकीको संगीत अमोल सर्मा र शंकर घायलको गीत,नारायण पान्डेको संम्पादन, रेनेस फागोको कलर संम्योजन रहेको ‘नो स्मोकिड़’ मा झरना थापा , रमेस वुढाथोकीको, सुशिल पोखरेल, महिमा सिलवाल, दिनेश देवकोटा, अमृता पाण्डे ,विध्या कार्की, संजय खतिवडा , अभिनय रहेको छ । निर्देशक सुमन दाहालका अनुसार नो स्मोकिड़को सम्पूर्ण प्राविधिक काम सकेपछि मात्र प्रदर्शन मिति तय गरिने छ । उनि भन्छन कामनै नसकि प्रदर्शन मिती तय गर्दा काममा हतार हुने र लामो समयको मेहनत कहीले काही तलमाथी पर्ने हुन्छ ।