नाइँ नभन्नु ल ३ को ग्रयाण्ड प्रिमिएर


(सेलिब्रेटि नेपाल) काठमाडौँ
चैत्र २७ गते बाट प्रदर्शनमा आउने चलचित्र ‘नाइँ नभन्नु ल ३’ ले सोमबार राजधानीको बिग सिनेमामा प्रिमियर गरेको छ । प्रिमिएरमा संचार कर्मी चलचित्र युनिट तथा चलचित्र कर्मिको बाक्लो उपस्थिति रहेको थियो । चलचित्र लाई मिश्रित प्रतिक्रिया मिलेको छ । सफल चलचित्र नाइँ नभन्नु ल को सिक्वेल चलचित्र नाइँ नभन्नु ल ३ को कथा पहिलेको दुइ वटा चलचित्र संगको समान छैन । पहिलेका कलाकारहरु निकै परिवर्तन भएका छन् ।
Priyanka-karki-suraj-singh मुख्य सहायक निर्देशक बाट पहिलो पटक मुस्कान ढकालले निर्देशन गरेको यस चलचित्र पारिवारिक कथामा बनेको छ यस चलचित्रमा सुरजसिंह ठकुरी र प्रियंका कार्की,आर्यन सिग्देल, संचिता लुइँटेल, गरिमा पन्त, अनुभव रेग्मी, संयम पुरी, आस्मा डीसी लगायत कलाकारको अभिनय रहेको छ । चलचित्रले राम्रो व्यापार गर्ने र पहिलेका दुइ चलचित्र जस्तै सफल बन्नेमा निर्माता तथा कथाकार बिकाश आचार्य ढुक्क देखिएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.