रेशम फिलिली ट्रेलर सार्बजनिक


बैशाख ११ गतेबाट देशव्यापी प्रदर्शनको तयारीमा रहेको कमेडी चलचित्र रेशम फिलिलीको अफिसियल ट्रेलर सार्वजनिक भएको छ । नायक विनय श्रेष्ठको भी मोसन पिक्चर्सको निर्माणमा तयार भएको चलचित्र ‘रेशम फिलिली’मा विनय, कामेश्वर चौरासिया र मेनुका प्रधानको अभिनय रहेको छ । रेशम फिलिलीको गीत यति बेला व्यापक चर्चामा रहेको छ । नेपाली सिनेमाको गीतले बजार लिएमा चलचित्रले पनि राम्रै सफलता पाउने गरेका छन् ।
Resham-Filili
भी मोसन पिक्चर्सको व्यानरमा तयार भएको चलचित्र ‘रेशम फिलिली’ नेपालमा प्रदर्शन हुनुभन्दा अगाडी नै बेलायत र अमेरिकामा बिक्री भइसकेको छ । प्रणव जोशी निर्देशित यस चलचित्रलाई ‘भिजागर्ल’ निर्माण गरेका विनयको लगानी रहेको छ । माधव वाग्ले पनि चलचित्रका निर्माता हुन् । पपकर्न पिक्चर्सले वितरण गरेको चलचित्र अहिलेका युवा पुस्ता पुराना पुस्ता दुबैले मन पराउने बिस्वाश निर्माण पक्षको रहेको छ ।