पहिला लभ गर्ने अनि सब गर्ने के भनेको होला ? (भिडियो)


(सेलिब्रेटि नेपाल) काठमाडौँ ‘पहिला लभ गर्ने अनि सब गर्ने ’ यो दुइ अर्थ लाग्ने सम्बाद चलचित्र ‘अधकट्टी’को हो । अधकट्टी को सार्बजनिक ट्रेलरमा एक जना नायकले यहि सम्बाद बोल्छन । सञ्चारकर्मी सुब्रत आचार्यको डेब्यु निर्देशन रहेको चलचित्रले बेरोजगार युवाको कथालाई प्रस्तुत गरेको छ । जेठ ८ गते बाट प्रदर्शनमा आउने चलचित्रका निर्माता प्रदीप उदयको जन्मदिन कै दिन पारेर चलचित्र सार्बजनिक हुन् लागेको छ चलचित्रमा विल्सन विक्रम राई, गौरव पहारी, अशिष्मा नकर्मी, रिस्ता बस्नेत, गम्भिर विष्ट र प्रदीप बास्तोलाको अभिनय रहेको छ ।
Gaurav-rista-adhakatti
सञ्चारकर्मी सुवास ढकालको कथा, निर्देशक आचार्य र सञ्चारकर्मी विजय अधिकारी तथा जया शर्माको पटकथा र संवाद रहेको फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व, राजन इशान र बसन्त सापकोटाको संगीत, कविराज गहतराज र गम्भिर विष्टको नृत्य छ ।