बैशाख २५ बाट डेष्टिनेशन काठमाडौँ


(सेलिब्रेटि नेपाल) काठमाडौँ
सफल निर्देशक दीपक रायमाझी निर्देशित अन्तिम चलचित्र ‘डेष्टिनेशन काठमाडौँ’ बैशाख २५ गते बाट प्रदर्शनमा आउने भएको छ । महानायक राजेश हमालका मामा समेत रहेका दीपकको चार बर्ष अघि यो चलचित्र निर्देशन पुरा नगर्दे निधन भएको थियो । दीपकले युग देखि युग सम्मबाट राजेश हमाललाई चलचित्र नगरीमा डेब्यू गराएका हुन ।
Destination-kathmandu
२० प्रतिशत सुटिङ बाँकी रहदा संसार छाडेका दीपकको डेष्टिनेशन काठमाडौँ लाई उनका सहायक निर्देशक मधुसुदन भट्टराईले पूरा गरेका छन् । निर्माता शरद अधिकारीका अनुसार चलचित्रमा दीपकलाई निर्देशकका रुपमा स्थान दिईने छ भने मधुसुदनलाई कार्यकारी निर्देशकका रुपमा प्रस्तुत गरिनेछ । अष्ट्रेलियन हिरोइन साराह मावे सहित दीलिप रायमाझी, झरना थापा लगायतका कलाकार मुख्य भूमिकामा रहेको डेष्टिनेशन काठमाण्डूले दुई देशको संस्कृतिको कथा भन्ने बताईएको छ । चलचित्रले प्रदर्शन मिति संगै प्रोमो सार्बजनिक गरेको छ ।