प्रथम बागमती लोकदोहोरी अवार्ड मनोनयन सार्बजनिक


(सेलिब्रेटि नेपाल) काठमाडौँ
प्रथम बागमती लोकदोहोरी अवार्ड २०७२ का उत्कृष्ट पाँचमा पर्न सफल कलाकारको नाम सार्वजनिक गरिएको छ । आईतबार राजधानीमा एक कार्यक्रमका आयोजना गरि उत्कृष्ठ पाँचमा पर्न सफल कलाकारहरुको नाम सार्वजनिक गरिएको हो । नुवाकोटमा बैशाख ११ गते आयोजना हुने यो अवार्ड सुन्दरादेवी सन्देश साप्ताहिकले गर्न लागेको हो । बागमती अञ्चलभित्रका लोक गीत संगीतका कलाकारलाई प्रदान गरिने यो अवार्डको चलचित्र पत्रकार शान्तिप्रिय, चन्द्र शर्मा र बि. एस. लामिछानेले निर्णायकको भुमिका निर्बाह गरेका छन् । Lok-Dohori-award आयोजक समितिका अध्यक्ष किरण अधिकारीले पहिलो अवार्ड पहिलो पटक काठमाडौँ बाहिरको जिल्लामा गर्न लागेको र रास्ट्रिय स्तरको अवार्ड जत्तिकै भब्य र सभ्य अवार्ड कार्यक्रमको आयोजना गरिने बताए । लोक गीतका विभिन्न्न विधालाई समेटेर ९ विधाका कलाकारलाई अवार्ड वितरण गरिने छ । अवार्ड वितरण कार्यक्रम नुवाकोटमा गरिने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.