‘यो मायाको रीत यस्तै’ लाटी भिडियो रिलिज


(सेलिब्रेटी नेपाल) काठमाडौँ
नेपाली मौलिक कथा उठान गरेको चलचित्र ‘लाटी’को अफिसियल गीत रिलिज गरिएको छ । निर्माता प्रशन्न रिमालको जन्मदिन पारेर चलचित्रमा समावेश ‘यो मायाको रीत यस्तै’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा स्वर गायक शिव परियारको छ भने शब्द दयाराम दाहालको तथा संगीत आयुष बिसीको रहेको छ । चलचित्र ‘लाटी’नारि प्रधान कथा भनिएको छ । यो चलचित्रलाई राज बहादुर सानेले निर्देशन गरेका हुन् । ‘लाटी’मा प्रशन्नसँगै शिशिरजय खरेल र त्रिलोचन सैजु को लगानी रहेको छ ।
Laati-poster
सृजना फिल्मस् को व्यानरमा तयार यो चलचित्रमा सविना र सुजलसँगै रिभल मल्ल, जिके शर्मा, रामचन्द्र अधिकारी, सुवास गजुरेलको अभिनय रहेको छ । यो चलचित्रलाई पदमराज श्रेष्ठले खिचेका हुन् । चलचित्र जेठ १५ बाट सार्बजनिक प्रदर्शनमा आउने भएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.