कैटरिना कैफ बेपत्ता शुभ चिन्तक तनाबमा


(सेलिब्रेटि नेपाल) काठमाडौँ
रिल लाइफमा पटक पटक बेपत्ता भएकी भारतीय चर्चित अभिनेत्री कैटरिना कैफ रियल लाइफमा समेत अचानक बेपत्ता भएकी छिन । कैटरिना सहित उनका पीआर पर्सन सोमबार बिहानैदेखि बेपत्ता भएपछि उनको खोजीकार्य सुरु गरिएको छ । मोबाइल फोनसमेत पहुँचबाहिर रहेको हुनाले उनको मोबाइल ट्रयाकरको सहयोगमा स्थान पत्ता लगाउने कोशिस भइरहेको भारतीय संचार माध्यमले जनाएका छन्।
Katrina-kaif
स्रोतका अनुसार कैटरिना विगत केही दिन यतादेखि गुगल म्याप्समा महाराष्ट्रस्थित कुनै स्थानका बारेमा जानकारी प्राप्त गर्ने कोशिसमा थिइन् । यद्यपी अनाचक कैटरिना कहाँ, किन गइन् र कहिले फर्कने छिन् भन्ने स्पष्ट हुन नसकेकाले उनका परिवार तथा शुभचिन्तक तनावमा छन् । कैटरिना अचानक बेपत्ता भएपछि ट्वीटरमा खुब चर्चा भइरहे पनि कतिपयले यो केवल पब्लिसिटी स्टन्ट मात्रै भएको बताएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.