कमिसन मार्फत कुमारी चलचित्र निर्माणमा


(सेलिब्रेटि नेपाल) काठमाडौँ
काभ्रे जिल्लामा जन्मिएर आफ्नो करिएर बनाउनको लागि अमेरिका पुगेर लामो समय देखि अमेरिकामा बस्दै आएको कुमारी दोङ नेपाली चलचित्र निर्माणमा लाग्ने भएकी छिन । निर्माणको तयारीमा रहेको चलचित्र ‘कमिसन’ मार्फत कुमारी निर्माता बन्न लागेकी हुन् । निर्देशक डी.बी.दोङले निर्देशन गर्ने चलचित्र लाइ कुमारीले अमेरिकामा समेत प्रदर्शनको चाँजो पाँजो मिलाउने छिन । नेपाली चलचित्रमा बिदेशमा बस्दै आएका नेपाली हरुको मोह बढ्न थालेको छ ।Kkumari-dong
जब सम्म देश बाट कमिशनको चलखेल हट्दैन तब सम्म देश प्रगतिको बाटोमा अघि बढ्दैन भन्ने आसयका साथ निर्माण हुन लागेको चलचित्रमा कुमारी दोंङ(usa) लाइ निर्माणमा ध्रुब गौतम र अशोक तामांगले सघाउने छन् । सुसिल क्षेत्रि,मुकुन्द थापा,रोसनी ब्लोन,सुन्दर थापा,सुजाता के.सी.रामचन्द्र अधिकारी लगाएतको अभिनय रहने चलचित्रमा शंकर महर्जनको द्वन्द,दिपक लामाको छायांकन,राजेन्द्र श्रेठको संगीत,शंकर अधिकारी घायलको गीत तथा कथा रहनेछ । बिक्रम श्रेष्ठको प्रस्तुति रहने चलचित्र मा अजय स्यांगतानको नृत्य रहने छ । बैशाख बाट छायांकनमा जाने चलचित्रको सम्पूर्ण सुटिंग काठमाडौँ र काभ्रे मा गरिने छ ।
Kkamison-movie

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.