बन्ने भो चलचित्र कमिसन


(सेलिब्रेटि नेपाल) काठमाडौँ
ह्रिन्जेन दोर्जे फिल्मसले तामांग भाषाको चलचित्र निर्माण गर्दै आइ रहेको थियो अब तामाङ मात्र होइन नेपाली चलचित्र पनि निर्माणको कार्य थालनी गरेको छ । शनिबार कोटेश्वर महादेव मन्दिरमा चलचित्र कमिसनको शुभ मुहुर्त गरिएको छ ।
Kkamison-movie
शंकर अधिकारी घायल को कथा तथा गीत रहने चलचित्र लाई डी.बी.दोंङले निर्देशन गर्ने छन् । बिक्रम श्रेष्ठको प्रस्तुति रहने चलचित्रमा सुशील क्षेत्रि,मुकुन्द थापा,रोसनी ब्लोन रामचन्द्र अधिकारी,सुजाता के. सी.,सुन्दर थापा, गोपीलामाको अभिनय रहनेछ । जब सम्म देश बाट कमिशनको चलखेल हट्दैन तब सम्म देश प्रगतिको बाटोमा अघि बढ्दैन भन्ने आसयका साथ निर्माण हुन लागेको चलचित्रलाइ दिपक लामाले खिच्ने छन् भने शंकर महर्जनको द्वन्द र राजेन्द्र श्रेष्ठको संगीत रहने छ । चलचित्र लाइ ध्रुब गौतम,कुमारी दोंङ(usa) र अशोक तामांगले संयुक्त निर्माण गर्न लागेका हुन् ।
Kamison-group