प्रमोद खरेल भन्छन् प्रेमिका साथमा नहुँदा पनि के नै हुने हो र ? (भिडियो)


(सेलिब्रेटि नेपाल) काठमाडौँ
चलचित्र ‘धुन’का निर्देशक कृष्ण पौडेलको निर्देशनमा तयार भएको म्युजिक भिडियो सार्बजनिक भएको छ । प्रमोद खरेलको आवाजमा रहेको साथ मै तिमि नहुँदा बोलको गीतमा वर्षा सिवाकोटी,राज श्रेष्ठ र युरिश कार्कीको अभिनय रहेको छ । धुलिखेलको रमणीय स्थान हरुमा छायांकन गरिएको उक्त भिडियो लाइ गिरेन्द्र कुँवरले छायांकन तथा सम्पादन गरेका हुन् । Raj-shrestha-barsha भिडियोमा आफ्नी प्रेमी आफु संगै हुँदा र नहुँदा के फरक छ र भन्ने कुरा देखाउन खोजिएको छ सबै भन्दा मुख्य आफ्नो सोच हो माया प्रेमको लफडामा आफ्नो जीवन बर्बाद पार्नु हुन्न भन्छन निर्देशक कृष्ण पौडेल । युरिश कार्कीले पहिलो पटक अभिनय गरे पनि उनको काम तारिफ योग्य रहेको छ । एउटा ठुलो पर्दाको चलचित्रमा अभिनय गरि सकेका राजले पनि भिडियोमा राम्रो काम गरेका छन् वर्षा सिवाकोटी अहिलेकी भिडियोकि ब्यस्त नायिका हुन् । टाइम्स म्युजिकले बजार ब्यबस्थापन गरेको उक्त गीतमा दिवस थपलियाको शब्द तथा संगीत रहेको छ । भिडियो लाई सेलिब्रेटि नेपालले निर्माण गरेको हो ।
Yurish-karki-barsha