लक्ष्मणको लाल जोडीमा युवराजको स्वर


(सेलिब्रेटी नेपाल) काठमाडौँ
रंग पत्रकार बाट चलचित्र निर्देशक बनेका लक्ष्मण सुबेदीको दोश्रो चलचित्र ‘लालजोडी’ मा समाबेश गीतमा युवराज चौलागाईले स्वर दिएका छन् दुखले म मातेको छु हजार सपना टुटे पनि आफ्नैले लुटे पनि खरानी धरि जलाउने यो शहरमा घिटी घिटी बाचेको छु बोलको गीत पछिल्लो समय पाश्र्व गायनमा समेत जम्दै गएका युवराजले गएका हुन् गीतमा संगीत सन्तोष श्रेष्ठको रहेको छ । आधुनीक तथा लोक संगीतका चर्चित संगीतकार सन्तोष यही गीतमार्फत पहिलोपटक चलचित्र संगीतमा लागेका छन् । नयां बर्षसंगै सुटिङ सुरु हुने चलचित्र लालजोडीको उल्लेखित गीत निर्देशक लक्ष्मण सुवेदीले लेखका हुन् ।
Yubraj-Chaulagai
एउटा साथी मार्फत निर्देशनमा डेब्यु गरेका सुबेदीकै लेखन, निर्माण र निर्देशनमा बन्ने लालजोडी दिलासा क्रियसनको ब्यानरमा बन्न लागेको हो चलचित्र लाइ रामेश्वर कार्कीले खिच्ने छन । सुशील पंगेनीको प्रोडक्शन डिजाइनमा बन्ने चलचित्रका अन्य कलाकार तथा प्राबिधिकको छनौट कार्य अन्तिम चरणमा पुगेको छ । चलचित्रको छायांकन त्रिशुली र काठमाडौंमा गरिने निर्देशक सुवेदीले बताएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.