किम्फमा देखाईयो निशा-दियाको समलिङ्गी रुप



सेलेब्रिटी नेपाल मंसिर २६ – अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ)अन्तर्गत् सोमबार निर्देशक सुवर्ण थापाले आफ्नो नयाँ चलचित्र ‘सुनगाभा’लाई पत्रकारमाझ प्रदर्शन गरे। दुई युवतीबीचको प्रेमकथा उठाएको ‘सुनगाभा’को पब्लिक शो किम्फको अन्तिम दिन मंगलबार राष्ट्रिय सभागृहमा गरिने छ किम्फपछि यो चलचित्र नेपालका मुख्य सहरमा पुस २० देखि चल्दैछ। चलचित्रलाई फरक शैलीले प्रवद्र्धन गर्न निर्देशक सुवर्णले विदेशका फिल्म महोत्सवपछि किम्फ रोजेका हुन्।उनले निर्देशन समूहमा समलिंगी युवतीलाई पनि समावेश गरेर काम गरेका थिए। यसअघि ‘मलामी’ नामक छोटो चलचित्र बनाएका थापाले ‘सुनगाभा’लाई आफ्नो पहिलो कमर्सियल चलचित्र बताए। उनले फरक परिभाषा दिए, ‘मलामी छोटो चलचित्र थियो, हलमा चलाएर पैसा कमाउन बनाइएको थिएन, यसपालि ‘सुनगाभा’लाई हलमा चलाएर पैसा कमाउन बनाएको हुँ, त्यसैले यो कमर्सियल चलचित्र हो।निशाको प्रेममा पर्ने युवतीको भूमिका अभिनेत्री दिया मास्केलाई दिइएको छ। दिया मास्के,निशा अधिकारी,सौगात मल्ल, बसुन्धरा भुसाल, लक्ष्मी गिरी, अनिल पाण्डे, मेनुका प्रधान लगायत कलाकारको मुख्य अभिनय रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.