पुनर्जन्म दोश्रो सातामा दर्शकको राम्रो साथ


(सेलिब्रेटि नेपाल) काठमाडौँ
पछिल्लो समय प्रदर्शनमा आएका नेपाली चलचित्रले सन्तोष जनक व्यापार गर्न सकी रहेका छैनन । अनमोल के सी अभिनित ‘जेरी’ले आफ्नो लगानी सुरक्षित गरेर निर्माता लाइ नाफा समेत दिन सफल भएको थियो त्यस पश्चात प्रदर्शनमा आएका थुप्रै चलचित्रले लगानीको आधा रकम समेत उठाउन सकेका छैनन् । फाल्गुन २२ मा अल नेपाल प्रदर्शनमा आएको सजन श्रेष्ठ निर्देशित चलचित्र “पुनर्जन्म” ले भने निर्माता लाइ सन्तोष जनक परिणाम प्राप्त भएको छ । मोहनकृष्ण श्रेष्ठ र भद्रबहादुर शाहीको संयुक्त लगानीमा निर्माण भएको चलचित्र “पुनर्जन्म” दोश्रो सातामा पनि दर्शकको राम्रो साथ पाउन सफल भएको छ । निर्देशक सजनका अनुसार चलचित्रले अब लगानी रिकभर गर्ने अबस्थामा पुगेकोछ ।Punarjanma-hall
द्वन्दकालमा सैनिकको परिवारले भोगेका सत्य घटनामा आधारित भनिएको चलचित्र “पुनर्जन्म” मा नायक आर्यन सिग्देल आर्मी अफिसरको भूमिकामा देखिएका छन् । चलचित्रमा आर्यन सिग्देल,केकी अधिकारी,गजित बिस्ट, सुस्मिता शाही, विजय लामा, मिथिला शर्मा, लक्ष्मी गिरी, रश्मी भट्ट, देशभक्त खनाल र रुष्मा श्रेष्ठलगायतको अभिनय रहेको छ ।