होस्टेल रिटर्न्सको सम्पूर्ण अडियो गीत सार्बजनिक


(सेलिब्रेटि नेपाल) काठमाडौँ
आगामी बैशाख २५ लाई रिलिज मिती तय गरेको सुरज भुषाल निर्देशित तथा सुनिल रावल निर्मित चलचित्र ‘होस्टेल रिटर्न्स’को सम्पूर्ण अडियो गीत सार्बजनिक भएको छ । चलचित्रमा समाबेश गीत संगीतले टिन एजर श्रोताको मन जित्नेमा निर्माता सुनिल रावल ढुक्क छन् । प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र होस्टेल रिटर्न्स लाइ सफल पार्नको लागि सुनिल रावल लागि परेका छन् । उनलाई यो चलचित्र हिट बनाएर ह्याट्रिक गर्नु चुनौती रहेको छ। Sunil-Rawl-hostel-returns
चलचित्रमा सुशील श्रेष्ठ, शशी श्रेष्ठ, नाजिर हुसेन, सुधाम सिके, अभय बराल, स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको छ । चलचित्रमा स्वप्निल आचार्यको संगीत, हरि हुमागाइको छायांकन, अष्ट महर्जनको एक्सन, गोविन्द राइको नृत्य, सुरज भुषाल र सन्तोष लम्सालको पटकथा समावेश छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.