लेडिज एक्सनमा बन्ने भो सत्या


(सेलिब्रेटी नेपाल) काठमाडौँ
नेपाली चलचित्रको ब्यापारमा खासै सुधार आउन सकेको छैन तैपनि चलचित्र निर्माणको लहर भने बढेको नै छ । बर्षमा सय भन्दा बढी चलचित्र हरु प्रदर्शनमा आउने गरेका छन् । नेपाली बजार अनुसार सय चलचित्र धेरै हो भन्छन् बिस्लेशक हरु तर सय वटा चलचित्र बन्नु धेरै नौलो र ठुलो कुरो होइन । सय मध्ये दश वटा चलचित्रले सुपरहिटको व्यापार गर्ने हो भने चलचित्र उद्योगले नयाँ मोड लिनेछ । चलचित्र बनाउनु जति गार्हो छ चलाउनु झनै गार्हो छ अझ लगानी उठाउनु त अति सार्है छ तर पनि नेपाली बजार दर्शक र बिदेशमा रहेका नेपालीहरु लाइ बुझेर चलचित्र निर्माण गर्ने हो भने त्यति आत्तिनु पर्ने अवस्था छैन । यसै कुरा लाइ भित्रबाट बुझेर लामो समय देखि नेपाली चलचित्रको अवस्था लाइ बुझ्दै आएका रंग पत्रकार रघुनाथ सापकोटा पनि चलचित्र निर्माणको मैदानमा उत्रिएका छन् । उनि भन्छन् ‘चलचित्र राम्रो बन्न निर्माताले धेरै कुरा बुझ्नु पर्छ पैसा मात्र खन्याएर राम्रो चलचित्र बन्ने होइन टिम राम्रो हुनु पर्यो अनि सबैलाइ मिलाएर काम गर्ने खुबी निर्मातामा हुनु पर्यो’। निर्माता रघुनाथ सापकोटाको छनोटमा परेका छन् निर्देशक कृष्ण पौडेल कृष्णको डेब्यु चलचित्र ‘धुन’ हेरेर उनको काम गर्ने क्षमता र उनि संग टिम वर्क मिल्ने भएकोले निर्देशनको जिम्मा कृष्ण लाइ दिएको बताउछन् निर्माता सापकोटा ।Satya-Nnew-Movie चलचित्रको सम्बाद हिट त चलचित्र हिट गीत हिट त चलचित्र सुपर हिट भन्ने भनाइ अनुसार चलचित्रको संगीत पक्ष सबल बनाउने योजनाका साथ गीत संगीत रेकर्डिङ थालनी गरिएको छ चैत्र १ गते आइतबारको शुभ साइतमा राजधानीको अनामनगर स्थित गुन्जन रेकर्डिङ स्टुडियो बाट गीत संगीतको कार्य सुरुवात गरियो । निर्देशक समाजका महासचिब तथा अहिलेका जल्दा बल्दा निर्देशक ऋषि लामिछानेको हात बाट नरिवल फोडेर कार्य थालनीको औपचारिक घोसणा गरिएको छ । नारी प्रधान कथामा निर्माण हुन लागेको चलचित्रको नाम ‘सत्या’ राखिएको छ । ‘सत्या’ एक बलवान नारीको कथा रहने निर्माण पक्षले जानकारी गराएको छ । चलचित्रमा शंकर अधिकारी घायलको शब्द तथा बिकाश चौधरीको संगीत रहनेछ । अबको केहि दिनमा सम्पूर्ण प्राबिधिक र कलाकारको नाम फाइनल गरेर शुभ मुहुर्त गरिने चलचित्र सत्याका लेखक कृष्ण आचार्य हुन् ।