वधशाला फाल्गुण २५ वाट प्रदर्शन हुने



सेलेब्रिटी नेपाल मंसीर २६- मनोज पण्डितले निर्देसन गरेको चलचित्र वधशालाको फस्ट लुक सार्वजनिक गरिएको छ । चलचित्र आगामी फाल्गुण २५ गतेवाट प्रदर्शन हुने जानकारी पनि दिइएको छ ।मानव अधिकार दिवसको अवसर पारेर आज सोमबार प्रेस भेटघाट कार्यक्रमको आयोजना गरि फष्ट लुक सार्वजनिक गरिएको हो । निर्देशक पण्डितले यस अघि दासढगांको निर्देशन गरि सकेका छन । मोहन डोटेलको निमार्ण रहेको यस चलचित्रमा अनुप बराल, सौगात मल्ल, दयाहाङ राई, अर्पण थापा आदिको मुख्य अभिनय रहेको छ । चलचित्रमा सशस्त्र द्वन्द्वकालमा राज्यद्वारा निर्माण गरिएको यातना गृहहरुमा भएको अमानवियताको बिषयलाई उठाईएको निर्माण पक्षले प्रेस भेटघाटमा
जानकारी गरायका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.