फ्लोरमा आयो किल्ला र जोश


(सेलिब्रेटि नेपाल) काठमाडौँ
शुक्रबार रिलिज अन्तर्गत आज दुइ वटा चलचित्र प्रदर्शनमा उत्रिएका छन् । राष्ट्रियता, भ्रष्टाचार, राजनीति, लगायत बिषय उठान गरिएको भनिएको चलचित्र ‘किल्ला’ आज शुक्रबार देखि प्रदार्शनमा आएको छ । मेचे फिल्मस्को ब्यानरमा रक्षा मेचेको प्रस्तुती रहेको चलचित्र ‘किल्ला’मा सुभाष मेचे, सुरभी जैन, पुकार भट्टराई, विल्सन विक्रम राईको मुख्य भूमिका छ । चलचित्रमा हिमाल केसीको द्वन्द्व रहेको छ भने कलाकार प्रिया रिजाल आइटम गलको रुपमा प्रस्तुतभएकी छिन् ।
Killa
त्यसै गरि समयसँग सम्झौता नगर्ने केही युवाको जोशमा आधारित चलचित्र ‘जोश’ पनि आजै बाट फ्लोरमा आएको छ । सुशील क्षेत्री, जेनिशा केसी, बिरेन डिसी, उमेश खड्का, पंकज खड्का, दुर्गा सापकोटा, रमेश वाइवा तथा राज श्रेष्ठ लगायतका कलाकारहरुले अभिनय गरेका चलचित्रलाई ऋषि न्यौपानेले निर्देशन गरेका हुन् ।