राजेश पायललाई पढ्न लेख्न कस्ले सिकायो ? (भिडियो)


(सेलिब्रेटि नेपाल) काठमाडौँ
गरिब तथा जेहेन्दार युबकको संघर्ष र एउटी सम्पन्न युवतीको अहम्ता बिचको द्वोन्दलाई त्रिकोणात्मक ढंगले प्रस्तुत गरिएको चलचित्र ‘साइकल’ को एक गीत सार्बजनिक भएको छ । चैत २० गतेलाई आफ्नो प्रदर्शनको नीति तय गरेको चलचित्रले सोहि मितिलाई लक्षित् गर्दै यो गीत सार्बजनिक गरेको छ ।
Cycle
सार्बजनिक गीतलाई प्रकाश ब्रज्राचार्यले कोरेका हुन् भने राजेन्द्र श्रेष्ठले संगीत भरेका छन्, त्यसै गरि गीतलाई गायक राजेश पायल राईले आफ्नो स्वोर दिएका छन् । संगीतकार राजेन्द्र श्रेष्ठको पहिलो निर्मित चलचित्रको रुपमा समेत चिनिएको यो चलचित्रमा बिक्की मल्ल, हर्शिका श्रेष्ठ, दिनेश डिसी, रामचन्द्र अधिकारि, विजय देउजा, रश्मि भट्ट, रोशन श्रेष्ठ लगाएत कलाकारहरुको अभिनय रहेको छ भने विश्व साइकल यात्री पुष्कर शाह र गायक राजेश पायल राई अतिथि भूमिकामा देखा परेका छन् । शिब घिमिरेको लेखन तथा निर्देशन रहेको यस चलचित्रमा कविराज गहतराजले नृत्य निर्देशन गरेका छन् ।